मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु
काठमाडाैं | कात्तिक २२, २०८२
तस्बिर फाइल
काठमाडौं: नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ
कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा रहेका उनको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको हो ।
कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले ६३ वर्षीय आलमको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका छन्
उनलाई केएमसिमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेलगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।
त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो।
२०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप आलममाथि थियो।
उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
काठमाडौं: सरकारका मन्त्रिहरूले मुलुकका प्रमुख राजनीतिक दलको कार्यालयमा पुगेर संवाद गरी उहाँहरूबाट उठाइएका विषय सरकारसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गत भदौमा भएको जेनजी आन्दोलनका...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरण सम्बन्धमा आवश्यक समन्वय र सहजीकरण सम्बन्धमा चार बुँदे निर्देशन दिनुभएको छ। महामन्त्री थापाले सबै जिल्ला कार्यसमितिका ...
पोखरा: कास्कीको लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सवमा उद्योग, कृषि र संस्कृतिलाई एउटै मञ्चमा जोड्दै फरक खालका कार्यक्रम प्रस्तुत हुन थालेका छन् । महोत्सवलाई परिष्कृत स्वरूप दिँदै पहिलो पट...

